साउन १ गतेदेखि मतदाता नामावली संकलन गरिने




काठमाडौं । निर्वाचन आयोगले प्रादेशिक र संसदीय निर्वाचनका लागि साउन १ गतेदेखि फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ ।

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन सकिएसँगै प्रादेशिक र संसदीय निर्वाचनका लागि फोटो सहितको मतदाता नामावली संकलन गर्न लागेको हो ।

मतदाताले साउन १ गतेदेखि सम्बन्धीत जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम लेखाएर प्रादेशिक र संसदीय निर्वाचनमा मताधिकार प्रयोग गर्न सक्छन् ।

मतदाता नामावली संकलन साउन १ गतेदेखि ७ प्रदेश अन्तरगतका ७५ वटै जिल्लाबाट हुनेछ । तर, मतदाता नामावलीमा नाम लेखाएकाले असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा सहभागिता हुनसक्ने छैनन् ।

मतदाता नामावली संकलन सरकारले अर्को चुनावको मिति घोषणा नगरेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।


पुष्प दुलाल