तत्कालका लागि स्प्रेड दर ५ प्रतिशत नै, थप अध्ययन गरेर पुनरावलोकन गरिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले कर्जामा लिने र निक्षेपमा दिनेबीचको व्याज अन्तर (स्प्रेड दर) घटाउने संकेत गरेको छ । आज दिउसो सार्वजानिक गर्ने मौद्रिक नीतिमा राष्ट्र बैंकले थप अध्ययन गरेर स्प्रेड दर स्प्रेड दर पुनरावलोकन गर्ने घोषणा गर्दैछ ।

‘मौद्रिक नीतिमा स्प्रेड दर यति उति भनेर उल्लेख गरिएको छैन,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘वित्तीय क्षेत्र विकास रणनीतिअनुसार स्प्रेड दर पुनरावलोकन गर्न थप अध्ययन गरिने उल्लेख छ ।’

अहिले वाणिज्य बैंकहरुको स्प्रेड दर ५ प्रतिशत हुनुपर्ने व्यवस्था छ । वित्तीय क्षेत्र विकास रणनीतिले पनि स्प्रेड दर ४.२ प्रतिशतमा झार्नु उपयुक्त हुने उल्लेख गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही समयअघि राष्ट्र बैंक र बैंकर्स संघका अधिकारीहरुलाई बोलाएर व्याजदर घटाउनका लागि स्प्रेड दर घटाउन दबाब दिएको थियो ।


पुष्प दुलाल