अनेरास्ववियुले १३० विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्यो



काठमाडौं । अनेरास्ववियु केन्द्रीय कमिटीले १ सय ३० जना विद्यार्थीलाई रामनाथ ढकाल स्मृति छात्रवृत्ति बितरण गरेको छ । काठमाडौंमा एक कार्यक्रमका बीच अनेरास्ववियुले छात्रवृत्ति बितरण गरेको हो ।

सहिद रामनाथ ढकालको सम्झनामा गत बर्षदेखि दलित ,जनजाति, मधेसी, थारु, महिला, अल्पसंख्यक, पिछडिएको क्षेत्रका गरिब तथा जेहेन्दार बिध्यार्थीलाई अनेरास्ववियुले छात्रवृत्ति प्रधान गर्ने गरेको अनेरास्ववियुका प्रवक्त सुदिप शर्माले बताए ।

सरकारी बिध्यालयबाट एसईई उत्तीर्ण भएर राजधानीका कलेजमा पढनका लागि भर्ना भएका १ सय ३० ििवद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरिएको हो ।

कार्यक्रममा नेकपा एमालेका संसद रविन्द्र अधिकारी, अनेरास्ववियुका अध्यक्ष नविना लामा रविभिन्न कलेजका संचालक र प्रतिनिधिलगायतको उपस्थिति थियो ।


पुष्प दुलाल