प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको निरीक्षण



राजविराज। प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरी जिल्लाका बाढी प्रभावित क्षेत्रको शुक्रबार स्थलगत निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री देउवाले एक हप्ता अगाडि आएको बाढीबाट प्रभावित ग्रामीण क्षेत्रका पीडित परिवारसँग प्रत्यक्ष भेटघाट पनि गरे।

सप्तरीको तिरौता गाउँपालिकाअन्तर्गत मैना करेडोलगायतका ग्रामीण क्षेत्रमा महुली खोलाले गरेको कटान र डुबानका बारेमा उनले जानकारी पनि लिएका थिए।

एक हप्ता अगाडि खाडो, जातो र मौली नदीमा आएका बाढीले त्यहाँको बाँध भत्काउनाका साथै सप्तरीका एक दर्जन गाउँ डुबानमा पारेको थियो ।

प्रधानमन्त्री देउवासँगै गृहमन्त्री जनार्दन शर्मा पनि थिए ।


क्लिकमान्डु