मल्टिक्स गाडी नेपाली बजारमा, मुल्य साढे १२ लाख रुपैयाँ



काठमाडौं । बाबा समूह अन्तर्गतको बाबा अटोमाटा ट्रेडिङले मल्टिक्स ब्राण्डका गाडी नेपालमा औपचारिक बिक्रीको शुभारम्भ गरेको छ । कम्पनीले बिहिबार एक कार्यक्रमकाबीच मल्टिक्स गाडी सार्वजनिक तथा बिक्रीको सुरुवात गरेको हो ।

मल्टिक्स ब्राण्डको थ्री–इन–वन गाडी व्यक्तिगतदेखि व्यवसायीक प्रयोजनका लागि निकै उपयोगी हुने कम्पनीले जनाइएको छ । मल्टिक्समा रहेको इन्डेपेन्डेन्ट सस्पेन्सनले नेपालका तराईदेखि पहाडी जुनसुकै उबड खावड बाटोमा सजिलै गुडनसक्ने क्षमता राख्ने बाबा समूहको भनाई छ ।

गाडीले २८.४५ किलोमिटरको माइलेज दिने कम्पनीका निर्देशक विशाल शाहले बताए ।

गाडीको मुल्य १२ लाख ५० हजार रुपैयाँ राखिएको छ ।


पुष्प दुलाल