स्पीड वे फाउण्डेसनद्धारा लिखु गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण



काठमाडौं । स्पीड वे कार्गो प्रा. लि. को संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नें आङ्गिक संस्था स्पीड वे फाउण्डेसनले लिखु गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । सो फाउण्डेसनले लिखु गाउँपालिकामा अवस्थित क्षेत्रपालमा.वि.मा बुधवार आयोजित एक कार्यक्रममा सो गाउँपालिकाको लागी एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
पुर्व अर्थमन्त्री डा. रामशरण महतको उपस्थितीमा फाउण्डेसनका अध्यक्ष राजु श्रेष्ठ तथा अमेरिकी नागरिक मार्टिन ट्युनिसले सयुंक्त रुपमा क्षेत्रपाल सामुदायिक संस्थाका अध्यक्ष विष्णुलाल श्रेष्ठलाई एम्बुलेन्सको प्रतिकात्मक चावी हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष राजु श्रेष्ठले हस्तान्तरण गरिएको एम्बुलेन्स त्यस क्षेत्रका जनसमुदायको स्वास्थ्यको लागी हितकर हुने र सो को सहि सदुपयोग हुने बताए ।

साथै, राजु श्रेष्ठले त्यस गाँउपालिकाका समुदायको स्वरोजगार मार्फत आर्थिक स्थिती सुधार गरुन् भन्ने हेतुले त्यस गाउँपालिकाको लागी बहुउदेश्यीय तालिम केन्द्रको लागी ५ रोपणी जग्गा उपलब्ध गराई चाँडै नै निर्माण थालनी गर्ने घोषणा पनि गरे ।


क्लिकमान्डु