बाहिरी चक्रपथ बनाउन ठूलो ठेक्का नलाग्ने, उपभोक्ता समितिलाई सडक बनाउने जिम्मा




काठमाडौं । बाहिरी चक्रपथ स्थानीयको सहभागितामा निर्माण हुने भएको छ । बाहिरी चक्रपथ निर्माण प्रक्रियामा उपभोक्ता समिति गठन गरेर स्थानीयलाई सहभागी गर्न लागिएको हो ।

चक्रपथ निर्माण प्रक्रियामा स्थानीयको सहभातिताका लागि उपभोक्ता समिति गठन गर्न लागिएको बाहिरी चक्रपथ निर्माण आयोजनाका शाखा अधिकृत धुब्र सापकोटाले जानकारी दिए ।

‘स्थानीय विकास मन्त्रालयमा जग्गा प्राप्तिका लागि एउटा फाइलमा स्वीकृत गराउन बाँकी छ, त्यो काम सकिने बित्तिकै उपभोक्त समिति गठनको प्रक्रिया अगाडि बढ्ने छ,’ अधिकृत सापकोटाले क्लिमाण्डूसँग भने ।

उपभोक्ता समिति साउनको पहिलो सातासम्ममा गठन गर्ने लक्ष्य राखिएको छ । त्यसका लािग स्थानीय तहका प्रतिनिधिसँगको सहकार्य गरिने सापकोटाको भनाई छ ।

बाहिरी चक्रपथले पाइलट प्रोजेक्टको रुपमा लिएको चोभार–सतुङगल खण्डको ६.६ किलोमिटरमा १२ वटा उपभोक्त समिति निर्माणगरि काम अगाडि बढाइने सापकोटाले बताए ।
‘एक उपभोक्ता समिति बराबर ५ सय मिटरका दरले १२ वटा उपभोक्त समिति गठन गरिने छ, आयोजनाले सिफारिस गरेको अधिकारीको निगरानीमा उपभोक्त समितिले काम गर्ने छ,’ सापकोटाले भने ।

उपभोक्त समितिले अयोजनाका क्रममा भत्किने घरको मुल्यांकन गर्ने छ । चार किल्ला छुट्याउने, ब्लक निर्माण गर्ने, पर्खाल लगाउनेलगायतका आवश्यकता अनुरुपको आयोजनालाई सहजिकरणका काम गर्ने सापकोटा बताउँछन् ।

बाहिरी चक्रपथलाई १० खण्डमा विभाजन गरिएको छ

चोभार–सतुंगल
सतुंगल–पैयाटार
पैंयाटार–टोखा
टोखा–गोकर्णेश्वर
गोकर्णेश्वर–थली, डाँची
थली डाँची–भाते ढिकुरो
भाते ढिकुरो–राधेराधे
राधेराधे–लुभु
लुभु–हरिसिद्धि
हरिसिद्धि–चोभार


क्लिकमान्डु