पैसा कमाउन ठूलै बिजनेस गर्नु पर्दैन, यी १० व्यवसाय गर्नुहोस्, -कमाइ मालामाल हुन्छ



काठमाडौं । नेपाल एउटा हुर्कदैं गरेको अर्थतन्त्र हो । जसलाई बिकासोन्मूख देश भन्न पनि अलि गाह्रै पर्छ । त्यसैले यहाँ समृद्धि प्राप्त गर्न निकै गाह्रो र सजिलो दुवै छ ।

सिर्जनशील सोच, दृष्टिकोण र आइडिया भए सानो लगानीमै राम्रो नाफा कमाउने ब्यवसाय बनाउन नसकिने होइन ।

यहाँ नेपालमा हुनसक्ने १० राम्रा ब्यवसायीक अवसरहरुका बारे चर्चा गरिने छ । तर, केही आफ्नै अध्ययन र अनुसन्धानको पनि खाँचो त परिहाल्छ ।

१. ट्युसन सेन्टर नेपालमा राम्रो संभावना भएको ब्यवसायीक क्षेत्र हो । नेपालमा शिक्षाका बारेमा बढ्दो चेतना र अभिभावकको आफ्ना छोराछोरीलाई सक्दो स्तरीय शिक्षा प्रदान गर्ने चाहनाले यो ब्यवसायीक संभावनाको ढोका खोलेको हो ।

एसएसइ, दश जोड दुई र स्नातक तहका ‘कठिन’ बिषयहरुमा ट्युसन संचालन गर्नु राम्रो ब्यवसाय भएको छ, अहिलेको नेपालमा ।

२. मोबाइल पसल पनि राम्रो संभावना भएको सानो ब्यवसाय हो । अहिले अधिकाशं नेपालीका हातहातमा मोबाइल पुगिसकेको छ । र, यो क्रम बढ्दो छ ।

त्यसैले मोबाइल मर्मत र नयाँ–पुरानो मोबाइलको ब्यापारको राम्रो संभावना देखिन्छ । मोबाइल पसल भनेको राम्रो नाफा राखेर बेच्न सकिने पसल हो । र, मोबाइल सम्बन्धी स–साना पाटपुर्जाको पनि राम्रो ब्यापार हुने मोबाइल ब्यवसायीहरु बताउँछन् । नेपालको आधुनिकतामा प्रवेश सँगै यो ब्यवसाय अझै फस्टाउनेमा कुनै शंका छैन् ।

३. नेपालका स्कुल र कलेजहरुमा कम्प्युटरको अध्ययन अनिवार्य भैसकेका छन् । कुनै पनि जागिरमा आवेदन दिँदा पनि सामान्य कम्प्युटरको ज्ञान अनिवार्य भैसकेको छ । त्यसैले कम्प्युटर ट्रेनिङ इन्सटिच्युट पनि राम्रो संभावना भएको ब्यवसाय हो ।

तर, यसका लागि कम्प्युटर ट्रेनर भने प्रबिधिको क्षेत्रमा निरन्तर अद्यावधि भैराख्न जरुरी छ ।

४.पछिल्लो समयमा योगाले नेपालमा ठूलो जनसंख्यालाई आकर्षित गरेको छ । त्यसैले योगा केन्द्रहरुको ब्यवसाय नेपालमा फस्टाइरहेको छ । साथै नेपालीहरुमा स्वास्थ्य प्रतिको चेतना पनि बढ्दै गैरहेको छ ।

५. रियल स्टेट कन्सल्टेन्टको काम नेपालमा अहिले निकै बिस्तारित भैरहेको छ । उनीहरुले आफ्ना ग्राहकहरुलाई घरजग्गामा लगानीका बारे परामर्श दिने गर्छन् । साथै, घरजग्गा बिक्रीकर्ता र खरिदकर्ताबीच एजेन्टको काम गर्ने देखि लिएर भाडामा लगाउनेसम्मका काम उनीहरु गर्छन् ।

६. इभेन्ट फोटोग्राफर पनि नेपालको उदाउँदो सानो ब्यवसाय हो । आधुनिकिकरणको यात्रामा लागेको नेपालमा मानिसहरु आफ्नो ब्यवसायीक र पारिवारिक गतिबिधिहरु क्यामरामा कैद गर्न चाहन्छन् । आफ्ना सम्झनाहरुलाई जिवन्त राख्न धेरै खर्च गर्ने अवस्थामा सहर–बजारका नेपालीहरु पुगिसकेका छन् ।

७.युवाहरु माझ ‘वेब डिजाइनिङ र होस्टिङ’को काम नेपालमा लोकप्रिय हुँदै गैरहेको छ । इ–कर्मश, इ–बिजनेस जस्ता ब्यवसायको उदायसँगै आइटी सम्बन्धित ब्यवसायको नेपालमा राम्रो बिस्तार भैरहेको छ ।

८. नेपालमा अर्को राम्रो संभावना भएको ब्यवसाय भनेको क्याटरिङ ब्यवसाय हो । सहर साँघुरो भएसँगै मानिसहरुलाई भोज भत्तेर गर्ने ठाउँको अभाव हुन थालेको छ । र, यही अभावमा नै क्याटरिङ ब्यवसायको उदय भएको छ । साथै, सहरमा भोजभतेरमा गाउँघरमा झै छरछिमेकको सहयोग हुने अवस्था नभएका कारण पनि क्याटरिङको ब्यवसाय नेपालमा राम्रोसँग फस्टाइरहेको छ ।

९. नेपालको राम्रो भौगोलिक अवस्थिति र सांस्कृतिक बिबिधताका कारण पर्यटकको राम्रो संभावना छ ।

पर्यटनको संभावना भएको ठाउँमा ट्राभल एजेन्सी र टुरिस्ट गाइडको राम्रो ब्यवसायीक संभावना हुने नै भयो । कम लगानीमा शुरु गर्न सकिने यी ब्यवसायको युवाहरुमाझ ठूलो संभावना छ ।

१०. नेपालीहरु पछिल्लो समय मनोरञ्जन गर्ने र बाहिर खाना खान रुचाउने भएका छन् । त्यसैले रेष्टुरेन्ट र फास्ट फुड राम्रो संभावना भएका साना ब्यवसाय भएका छन् नेपालमा । तर, मान्छेको जिब्रोलाई रिझाउन भने जान्नुपर्छ ।


पुष्प दुलाल