गोरखा ब्रुअरीको नयाँ बियर नेपाली बजारमा




काठमाडौं । गोरखा ब्रुअरीले नयाँ स्वादमा टुर्वोग बियर नेपाली बजारमा ल्याएको छ। काठमाडौंमा एक कार्यक्रमबीच कम्पनीले टुर्बोग क्लासिक स्ट्रोङ बियर विथ प्रिमियर स्कच माल्ट्स सार्वजनिक गरेको हो।

नयाँ बियरको मुल्य ३ सय १० रुपैयाँ तोकिएको छ । बियरमा ६ दशमलव ५ प्रतिशत अल्कोहलको मात्रा छ । यस प्रकार वियर नेपालीहरुको मन जित्न सफल हुने गोरखा ब्रुअरीका म्यानेजिङ डाइरेक्टर अरुण अधिकारीले बताए।

 


पुष्प दुलाल