असारे विकासः पिच गर्न सडकमा खन्याइएको अलकत्रा पानीले बगाएपछि….



काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलमा आइतबार बाटो पिच गर्नको लागि अलकत्रा बाटोमा बिच्छाइएको थियो ।

बालकुमारीदेखि टिकाथली जाने बाटोमा बाटो पिच गर्नको लागि अलकत्रा खनाइएपनि साझ परेको पानीले सबै अलकत्रा बगायो ।

काठमाडौंको न्यू प्लाजामा पैदल मार्ग निर्माणको लागि सोमबार बिहानदेखि निर्माणको काम चलिरहेको छ ।

आर्थिक वर्ष सकिन १२ दिन बाँकी रहदा देशभर धमाधम बाटो पिच हुँन लागेको छ ।

तर, यसरी बन्ने सडकको गुणस्तर ६ महिनापनि टिक्दैन । बालकुमारीदेखि बालकोट जाने सडक दुईवर्ष अगाडिपनि असारको समयमा पिच भएको थियो । यो लामो समय टिकेन । यस्तै अवस्था काठमाडौको धेरै स्थानमा छ ।

सरकारी खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार ४३ प्रतिशतमात्र खर्च भएको छ । यसको मतलब चालु आर्थिक वर्षमा ३ खर्ब ११ अर्ब रुपैयाँ विकास बजेटका लागि विनियोजन भएकोमा १ खर्ब ३४ अर्ब रुपैयाँ मात्र खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले भुक्तानीको काम ढिलाई गर्ने हुँदा असारमा खर्च भएको बढी देखिन्छ । तर, भौतिक प्रगति पनि बढी जेठ लागेपछि बढी हुन्छ ।

संविधानमा बजेट कार्यान्वयन गर्नको लागि जेठ १५ मा बजेट ल्याउने व्यवस्था भएपनि बजेट समयमा खर्च गर्न नसक्ने रोग भने बाँकी देखियो ।


पुष्प दुलाल