९५ स्थानीय तह एमालेले जित्यो, ८४ कांग्रेसले र माओवादीले ३०



काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचन भएका ३ सय ३४ स्थानीय तहमध्ये आइतबार साँझ ८ बजेसम्ममा २ सय १४ स्थानीय तहको मतपरिणाम सार्वजानिक भएको छ ।

सार्वजानिक भएको मतपरिणाम मध्ये ९५ स्थानीय तहमा बिजय हासिल गर्दै नेकपा एमाले पहिलो स्थानमा छ । एमालेले ४९ स्थानमा अग्रता गरिरहेको छ ।

त्यसैगरी, ८४ स्थानमा जितेर नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले ४६ स्थानीय तहमा अग्रता गरिरहेको छ ।

त्यस्तै, माओवादीले ३० स्थानीय तहमा बिजय हासिल गरेको छ भने १० स्थानमा अग्रता गरिरहेको छ ।

राष्ट्रिय जनमोर्चाले र फोरमले लगायतका राजनीतिक शक्तिहरुले १५ स्थानीय तहमा बिजय हासिल गरेका छन् ।

पहिलो चरणको स्थानीय तहमा पनि १ सय २५ स्थानीय तह बिजय हासिल गर्दै एमाले पहिलो स्थानमा थियो भने १ सय ४ स्थान जितेर कांग्रेस दोस्रो स्थानमा थियो । पहिलो चरणमा माओवादीले ४६ स्थानमा जितेको थियो ।


पुष्प दुलाल