किन बिबाद भयो धनगढीको मतगणनामा ?



धनगढी । धनगढी उपमहानगरपालिकाको मतगणनाका क्रममा मतपेटिकामा उल्लेखित मत सङ्ख्या र मुचुल्काको बिषयलाई लिएर विवाद देखिएको छ ।

मतगणनाका क्रममा मतपेटिका बन्द गर्दा लगाइएको सिलमा उल्लेखित मत सङ्ख्या र मतदानस्थलको मुचुल्का भिडाएर मात्र नयाँ मतपेटिका खोल्नुपर्ने माग गरिएपछि विवाद भएको हो ।

धनगढी उपमहानगरपालिका–३ कोे केही मत गणना भइसकेको अवस्थामा प्रमुखका स्वतन्त्रतर्फका उम्मेदवारका पक्षले उल्लेखित मत सङ्ख्या र मुचुल्का भिडाएर मात्र नयाँ मतपेटिका खोल्न भनेपछि विवाद भएको प्रजिअ गोविन्द रिजालले बताए ।

दलीय सहमतिमा खोलिएका मतपेटिकाको मतगणना भने अहिले पनि जारी रहेको छ । यद्यपि नयाँ मतपेटिका खोल्ने विषयमा विवाद यथावत छ ।
उपमहानगरको हालसम्म वडा नं १, १८ र १९ को मतगणना पूरा भइसकेको छ । वडा नं १७, २ र ३ को खोलिएका मतपेटिकाको गणना जारी छ ।


पुष्प दुलाल