अर्बपति बिनोद चौधरीले भने- संकटलाई अवसरमा बदल्नुहोस्



काठमाडौं । व्यावसायिक घराना चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले उद्यमीव्य वसायीहरूले संकटलाई अवसरमा रुपान्तरण गर्न सक्नुपर्ने बताएका छन् ।

श्रीलंकाका उद्यमी व्यवसायीको छाता संगठन सिलोन चेम्बर अफकमर्सको १७८औं बार्षिक साधारण सभालाई कोलम्बोमा प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्दै अध्यक्ष चौधरीले लगानीकर्ताका लागि संकट अवसर रहेको धारणा राखे ।

‘जतिबेला एलटिटिईले कोलम्बो एयरपोर्टमा विमानहरू ध्वस्तपारेको थियो, त्यही समयमा म श्रीलंका प्रवेश गरेको थिएँ’, चौधरीले भने, ‘श्रीलंकाको राजनीतिक संकटलाई कारण देखाएर यहाँ लगानी नगरेको भए सायद मैले धेरै महत्वपूर्ण कुराहरु गुमाउने थिएँ ।’

सिजीकर्प ग्लोबलले श्रीलंकामा ताज समुद्रलगायतका प्रख्यात होटलहरूमा लगानी गरेको छ ।

अध्यक्ष चौधरीले नेपालको माओवादी द्वन्द्वको समयमा नवलपरासीमा सिजी इन्डस्ट्रियल पार्क स्थापना गरेको, उत्तरपूर्वी भारतमा उल्फाले द्वन्द्व मच्चाइरहँदा वाईवाईको बजार प्रवर्धन गरेको र अफ्रिकामा जारी द्वन्द्वकाबीच लगानी विस्तार गरिरहेको आफ्नो अनुभव श्रीलंकाली लगानीकर्तासँग बाँडे ।

‘लगानीको अनुकुल वातावरण तयार होला र लगानी विस्तार गरौंला भनेर प्रतिक्षा गरेको भए चौधरी ग्रुुप अहिले मल्टिन्यासनल कम्पनी हुन संभव थिएन,’ उनले भने, ‘एकजना उद्यमीले प्रतिकुल अवस्थालाई पनि अनुकुलतामा परिणत गर्नसक्छ र त्यसो गर्न सम्भव छ ।’

अध्यक्ष चौधरीले विजनेशका परम्परागत सोंचहरू असान्दर्भिक भएको विश्लेषण गर्दै नयाँविजनेश सोंचहरुले विश्वमा राजगर्न थालेको बताए ।

‘आज विश्वमा सबैभन्दा धेरै ब्यापार त्यसले गर्छ जसको कुनै वेयरहाउस छैन । विश्वमा सबैभन्दा प्रभावकारीरुपमा टयाक्सी सेवा उपलब्ध गराउनेसँग आफ्नो स्वामित्वमा एउटै टयाक्सी छैन । र, सबैभन्दा धेरै होटल रूम विक्रिगर्ने कम्पनीको आफ्नो स्वामित्वमा एउटा पनिहोटल छैन ।’ उनले भने, ‘जोसँग नयाँ सोंच छ, आजको विजनेश दुनियाँमाउसकै राजचल्नेछ ।’

परम्परागत सोंचबाट सञ्चालित विजनेशहरू कुनै पनि बेला असान्दर्भिक हुन सक्नेतर्फ सचेत गराउँदै उनले समयानुकुल आफ्ना विजनेशलाई अपडेट गर्न नसक्ने हो भने नोकिया, ब्ल्याकबेरी वाकोडाकको जस्तै नियती भोग्नु पर्ने धारणा व्यक्त गरे ।

सूचना प्रविधिका क्षेत्रमा भइरहेको तीब्र विकासबाट दक्षिण एसियाली युवाहरुले लाभ लिन सक्नुपर्ने सुझाब दिए । अहिले विश्वमा सूचना प्रविधीमा आधारित विजनेशहरुबाट धेरै युवाहरूले आफुलाई अर्बपति क्लबमा प्रवेश गराईरहेका छन् ।

चौधरीले नेपाली अर्थतन्त्रमा सन्तोषजनक सुधार आएको जानकारी दिदै अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई नेपालमा लगानीगर्न पनि ध्यानाकर्षण गरे ।

आर्थिक बृद्धिदर उच्च रहेको, लोडसेडिङको समस्या नरहेको, पूर्वाधार विकासमा नेपालले फड्को मारिरहेको जानकारी दिनुहुदै उनले नेपालमा लगानी गर्ने यो उपयुक्त समय रहेको बताए ।


पुष्प दुलाल