सिन्धुपाल्चोकको ठूलोसिरुबारीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु



सांकेतिक फोटो

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको ठूलोसिरुबारीमा यात्रुबाहक बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बा २ ख २७०२ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बसले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । बस १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

बसमा सवारमध्ये ४ यात्रु गम्भीर घाइते भएका छन् भने ३० जना सामान्य घाइते भएका छन्।

प्रहरीका अनुसार गम्भीर घाइतेलाई धुलिखेल र अन्यलाई जिल्ला अस्पताल लगिएको छ।


पुष्प दुलाल