यी १०० कम्पनी: जहाँ तपाईं घर बसीबसी आकर्षक तलबसहितको जागिर खान सक्नुहुन्छ



काठमाडौं । नेपालमा जागिर खोजेर खानु चानचुने कुरा होइन । बार्षिक रुपमा ५ लाख हाराहारी युवाहरु श्रम बजारमा आउने र सरकारी र निजी क्षेत्रको तिनलाई रोजगारी दिने क्षमता सोहि अनुपातमा नबढ्दा जागिर खोज्न अत्यन्तै कठिन हुनु स्वभाविकै हो ।

चिनेजानेका मान्छेलाई गरिने हारगुहार, ठूलाबडाको सोर्सफोर्स आदि त्यसैको उपज हो ।

यस्तो अवस्थाको अझ जिवन्त अभिब्यक्ति बैदेशिक रोजगारीमा जाने लाइनमा भएकै छ ।
जागिर खानेका लागि पनि आफ्नो जागिर जोगाउन साह्रै गाह्रो छ । हाकिमको चाकरी, ब्यवसायिकभन्दा पनि ब्यक्तिगत काम गरिदिएर हाकिम र उसका परिवार रिझाउन सहज पक्कै हुँदैन ।

तर, चरम बेरोजगारी र कामदारहरुको ‘नेगोसियसन पावर’ कम भएका बेला अर्को उपाय पनि त हुँदैन ।

तर, बिकसित देशहरुमा भने रोजीछाडी काम गर्ने परम्परा छ । आफुलाई मन पर्ने काम गर्ने र मन नपर्ने बित्तिकै छाडेर अर्को काम खोज्ने सहज सुबिधा उनीहरुलाई हुन्छ ।

आफ्नो क्षमता, योग्यता र रुची अनुसारको काम गर्न उनीहरुलाई आफ्नो देशको बिकसित अवस्थाले स्वतन्त्रता दिएको छ ।

सुचना प्रबिधिको तीब्र बिकास भैसकेको पछिल्लो समयमा त झन उनीहरु आफ्नो घरैबाट काम गर्ने र राम्रो आम्दानी र बृती बिकास गर्ने अवस्थामा पुगेका छन् ।

अमेरिकाको बिभिन्न पार्ट टाइम र फुल टाइम जागिर सुचिकृत गर्ने कम्पनी ‘फ्ल्एक्स जब्स’ले घरबाटै काम गर्न मिल्ने १०० वटा कम्पनीको सूची सार्वजनिक गरेको छ ।

अमेरिकामा पछिल्लो समय यस्ता काम गर्ने मानिसहरुको संख्या पनि बढ्दैछ । घरबाटै काम गर्ने कामदारहरुको संख्या सन् २००३ को १९ प्रतिशतबाट सन् २०१५ मा २४ प्रतिशत पुगेको छ । यसमा बैंकिङ, वित्तीय सञ्चालनलगायत ब्यवसायिक कामहरुको प्रतिशत ३७ प्रतिशत हाराहारी छ ।

एक अध्ययनका अनुसार ६८ प्रतिशत अमेरिकी कामदारहरुले भविष्यमा घरबाटै काम गर्ने अपेक्षा राखेका छन् ।

‘फ्ल्एक्स जब्स’ले प्रकाशित गरेको घरबाटै काम गर्न मिल्ने १०० वटा कम्पनीको सुचीः

Rank Company Name
1 Appen
2 LiveOps
3 Amazon
4 TeleTech
5 VIPKID
6 LanguageLine Solutions
7 Working Solutions
8 Kelly Services
9 Sutherland Global Services
10 UnitedHealth Group
11 Hilton Worldwide
12 Cactus Communications
13 Convergys
14 Xerox
15 Kaplan
16 Dell
17 Intuit
18 U.S. Department of Agriculture
19 K12
20 Humana
21 ADP
22 IBM
23 BroadPath Healthcare Solutions
24 CyberCoders
25 Allergan
26 Salesforce
27 Anthem, Inc.
28 SAP
29 IT Pros
30 Robert Half International
31 Wells Fargo
32 Houghton Mifflin Harcourt
33 PAREXEL
34 CACI International
35 CSI Companies
36 CSRA
37 Connections Education
38 Worldpay
39 Nielsen
40 Thermo Fisher Scientific
41 Vivint Smart Homes
42 VMware
43 A Place for Mom
44 Appirio
45 U.S. General Services Administration – GSA
46 Direct Interactions
47 World Travel Holdings
48 nThrive
49 Aon
50 Westat
51 Adobe
52 U.S. Department of State
53 Sodexo
54 Covance
55 McKesson Corporation
56 Edmentum
57 U.S. Department of the Interior
58 Haynes & Company
59 Teradata
60 SecureWorks
61 Eaton
62 Real Staffing
63 US-Reports
64 PPD – Pharmaceutical Product Development
65 American Express
66 GreatAuPair
67 The Hartford
68 Grand Canyon University
69 Motorola Solutions
70 Western Governors University
71 Walden University
72 Crawford & Company
73 Overland Solutions, an EXL company
74 Cigna
75 SYKES
76 About.com
77 AmerisourceBergen
78 Citizens Bank
79 U.S. Department of Commerce
80 Infor
81 Achieve Test Prep
82 hibu
83 CyraCom
84 Kronos
85 CVS Health
86 Blue Cross Blue Shield
87 AbbVie
88 HD Supply
89 TEKsystems
90 Perficient
91 HCA – Hospital Corporation of America
92 Lenovo
93 BCD Travel
94 Cornerstone OnDemand
95 DataStax
96 FlexProfessionals
97 JPMorgan Chase
98 Kforce
99 Teleflex
100 American Heart Association


पुष्प दुलाल