एमाले ७६ तहमा विजयी, पछ्याउँदै काँग्रेस



काठमाडौं । दोस्रो चरणको स्थानीय निर्वाचनको मत परिणाम आउनेक्रम जारी रहेको छ । ३ प्रदेशका ३ सय ३४ स्थानीय तहको हालसम्मको मत परिणाम अनुसार नेकपा एमाले ७६ तह सहित पहिलो स्थानमा छ । यस्तै नेपाली काँग्रेस ५८ तह जित्दै दोस्रो स्थानमा छ । नेकमा माओवादी (केन्द्र) २१ तहमा र अन्य पार्टीहरु ३ तहमा विजयी भएका छन् ।

नेकपा एमालेले प्रदेश नम्बर १ मा ३५ तहमा विजयी भएको छ भने ३५ तहमा अग्रता लिएको छ । यस्तै नेपाली काँग्रेस १४ तह विजयी र ३७ तह अग्रता लिईरहेको छ । नेकमा माओवादी (केन्द्र) ७ स्थानमा विजयी र ४ तहमा अग्र स्थानमा छ । अन्य पार्टीले ५ स्थानमा अग्रता लिईरहेका छन् ।

प्रदेश नम्बर ५ मा पनि नेकपा एमालेले अग्रता लिइरहेको छ । नेकपा एमाले १९ तहमा विजयी र २० तहमा अग्र स्थानमा छ । यस्तै, नेपाली काँग्रेस १४ तहमा विजयी र २१ तहमा अग्र स्थानमा छ । नेकमा माओवादी (केन्द्र) ११ तहमा विजयी र ८ तहमा अग्र स्थानमा छ । साथै, अन्य पार्टी ३ तहमा विजयी र ११ तहमा अग्र स्थानमा छन् ।

प्रदेश नम्बर ७ नेपाली काँग्रेसले अग्रता लिएको छ । नेपाली काँग्रेस ३० तहमा विजयी र ९ तहमा अग्र स्थानमा छ । नेकपा एमाले २२ तहमा विजयी र १० तहमा अग्र स्थानमा छ । नेकमा माओवादी (केन्द्र) ३ मा विजयी र ११ तहमा अग्र स्थानमा छ । साथै, अन्य पार्टीले २ स्थानमा अग्रता लिईरहेका छन् ।


पुष्प दुलाल