यस्तो छ फेसबुकका मालिक मार्क जुगर्बरको दैनिकी (फोटो फिचर)



मार्क जुकरबर्ग धेरै ब्यस्त छन् । ३३ बर्षको कलिलो उमेरमै ४ सय ३३ अर्ब डलर बजार पुँजीकरण भएको कम्पनी चलाएपछि ब्यस्त नहुने कुरा पनि भएन ।
उनले दिनभरिमा धेरैथरी काम गर्नु स्वभाविक नै हो ।

यसका बाबजुद जुकरबर्ग आफ्ना लागि दैनिक कसरत, परिवारसँगको समयलगायतको ब्यवस्थापनको सन्दर्भमा पनि चुस्त छन् ।
उनी उत्पादनशील र सन्तुलित छन् । र, आफ्नो जीबनका अनावश्यक र कम प्राथमिकतामा रहेका बिषयहरुलाई घटाउँदै आफ्ना लागि महत्वाकांक्षी लक्ष्य तय गर्नमा ब्यस्त रहन्छन् ।

यहाँ उनको औसत दिनलाई प्रस्तुत गरिएको छ ।

बिहान ८ बजे उठेपछि मार्क तुरुन्तै आफ्नो फेसबुक, फेसबुक म्यासेन्जर र ह्वाट्स एप चेक गर्छन् ।

बिहान सामान्य जानकारी बटुलेपछि उनी शारिरिक तन्दुरुस्तीका लागि कसरत गर्छन् । उनी सामान्यतः हप्तामा ३ पटक कसरत गर्छन् ।

कहिलेकाँही उनी कसरत गर्दा ‘बिस्ट’ नाम गरेको आफ्नो कुकुरलाई पनि सँगै लैजान्छन् । कुकुरको अगाडि डौडन यी युवा उद्यमीलाई रमाइलो लाग्छ रे । यसो गर्दा उनलाई आफु चोर भएको र कुकुरको अगाडि डौडिरहेको अनुभुति हुने उनी बताउँछन् ।

कसरत पछि उनी नास्ता खान्छन् । तर, नास्तामा यही नै चाहिन्छ भन्ने छैन । उनी त्यस दिन जे खाना मन लाग्यो त्यही खान्छन् । स–साना कुराहरुमा निर्णय गरिरहन उनलाई मन पर्दैन ।

फोटो

त्यसैकारण उनी लुगा लगाउने सन्दर्भमा पनि खासै निर्णय गर्न रुचाउँदैनन् । उनी सँधै उस्तै लुगा लगाउन रुचाउँछन् । उनको लुगा प्राय जिन्स र खैरो टिर्सट हुनेगर्छ । आफ्नो लुगाको बारे सोधिएको एक प्रश्नमा उनले आफु कसरी आम समुदायको राम्रो सेवा गर्ने भन्नेमा बाहेक अन्य कुरामा अत्यन्तै कम निर्णय गर्न रुचाउने बताएका थिए ।

मार्क फेसबुकमा हप्ताको ५० देखि ६० घण्टासम्म काम गर्छन् । तर, उनी सामाजिक सञ्जालका बारे भने निरन्तर सोचि रहन्छन् ।

‘म आफ्नो अधिकांश समय कसरी यो बिश्वलाई जोड्ने र आफ्नो समुदायको सेवा गर्ने भनेर सोचिरहन्छु ।

तर, यो कार्यालयमा लामो समय बसेर वा आफ्ना सहकर्मीहरुसँग बैठक गरेर भने नहुन पनि सक्छ’ उनले सिएनएनलाई बताएका थिए ।

कुनै काम नगर्दा मार्क आफ्नो मष्तिष्कको बिस्तार गर्ने काम गर्छन् । हाल उनी चीनींयाँ भाषा (म्यान्डरिन) सिक्दैछन् ।

उनी जतिसक्दो धेरै किताब पढ्ने कोशिस पनि गर्छन् । सन् २०१५ मा उनले आफैंलाई हरेक २ हप्तामा एउटा नयाँ किताब पढ्ने चुनौति दिएका थिए ।

उनले बिश्वका ठूला नामहरुसँग भेटघाट गरेका छन् । इसाई धर्म गुरु पोप फ्रान्सिस्, निर्बतमान राष्ट्रपनि बारक ओबामा र अभिनेता भ्यान डिजेल केही त्यस्ता नामहरु हुन् ।

हालै मार्कले धेरै पटक अमेरिकाको बिभिन्न भागहरुको भ्रमण गरेका छन् । यसले उनी भविष्यमा राजनीतिमा आउन चाहेका हुन् कि भन्ने शंका समेत उब्जाएको छ ।

यात्रा गर्दा वा काम गर्दा पनि मार्क आफ्नी श्रीमती प्रिसिला चान र छोरी म्याक्ससँग समय बिताउँछन् । छोरी जन्मेका बेला उनले फेसबुकबाट २ महिना छुट्टि लिएका थिए । मार्क र प्रिसिला सन् २०१७ मा अर्को छोरीको प्रतिक्षामा छन्।


पुष्प दुलाल