वल्र्डलिंकद्धारा ‘सेलेब्रेसन अफर’का भाग्यमानीको नाम सार्वजनिक



 

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्सले आफ्ना सक्रिय ग्राहक एक लाख जना पुगेको अवसरमा ल्याएको ‘सेलेब्रेसन अफर’का विजेताको नाम सार्वजनिक गरेको छ । कम्पनीको अफर अन्तरगत सामसुङ ग्यालेक्सी एस ८ मोवाइल जित्ने १० जना र ३ महिना निःशुल्क इन्टरनेट उपहार पाउने १ सय जना विजेताको नाम शुक्रबार सार्वजनिक गरेको हो ।

मोबाइल तथा इन्टरनेट उपहार विजेतालाई कम्पनीको सफ्टवेयर सिस्टमले छनोट गरिएको हो ।

विजेताहरुको युजर आइडी कम्पनीले आफ्नो वेवसाइट र फेसबुक पेजमा सार्वजनिक गरेको छ । कम्पनीले विजेतालाई उपहारका लागि स्वयं सम्पर्क गर्नुपर्ने जनाएको छ ।

वल्र्डलिंकले २१ वर्षदेखि सर्वसाधारण ग्राहकलाई इन्टरनेट, आइपिटिभी र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका यसै बर्ष देशभर १ लाखभन्दा बढी ग्राहक पुगेका हुन् ।


पुष्प दुलाल