फोर्डले छैटौ पटक ‘बेस्ट इन्जिन’ अवार्ड जित्यो




काठमाडौं । फोर्ड मोटर्स कम्पनीको १.० लिटरको इकोबुस्ट इन्जिनले १.० लिटर भन्दा तल्लो सेगमेन्टमा ‘बेस्ट इन्जिन’ अवार्ड जितेको छ । इन्टरनेसनल इन्जिन अफ द इयरमा इकोबुस्टले सो अवार्ड जितेको हो ।

इकोबुस्टले यो अवार्ड लगातार छैटौं पटक जित्न सफल भएको हो । विश्वका विभिन्न ३१ देशका ५८ जना अटोमोटिभ पत्रकारहरुको एक प्यानलले इकोबुस्टलाई सो अवार्डका लागि छनोट गरेको हो ।

इन्जिनको ड्राइभेबिलिटी, पर्फमेन्स, इकोनोमी, रिफाइनमेन्ट र टेक्नोलोजीका आधारमा अवार्ड विजेता छनोट गरिन्छ । यो अवार्डका लागि विभिन्न कम्पनीका ३५ इन्जिन प्रतिस्पर्धामा थिए । हाल फोर्डको इकोस्पोर्ट कारमा ३–सिलिन्डरको १.० लिटरको टर्बो–पेट्रोल इकोबुस्ट इन्जिन छ । यसले १२५ पीएस पावर र १७० एनएम टर्क प्रदान गर्छ ।

सन् २०१८ देखि फोर्डले १.० लिटर इकोबुस्ट इन्जिनमा सिलिन्डर डिएक्टिभेसन प्रविधिको प्रयोग गर्ने छ । जसको कारण इन्जिन पूर्णरुपको क्षमता प्रयोग नचाहिने बेला यसले आफ्नो सिलिण्डर अटोमेटिक बन्द गरी इन्धन बचाउन मदत गर्ने छ । यसले ग्राहकवर्गलाई किफायतीका साथ उच्चतम प्रविधिको फाइदा पनि हुनेछ ।

यो प्रविधिले एक सिलिन्डरको प्रयोग र बन्द मात्र १४ मिलि सेकेण्डमा गर्नेछ – जसले गर्दा सवारीमा कुनै फरक पर्ने छैन र आरामदायी किफायती पनि हुनेछ ।


पुष्प दुलाल