विराटनगर महानगरपालिकामा काँग्रेसको अग्रता




विराटनगर । विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसले प्रारम्भिक अग्रता लिएको छ ।

यस महानगरपालिकाको बिहीबार साँझ ५ः३० बजेदेखि वडा नं १ को सुरु भएको मतगणनाको आज बिहान ६ बजेसम्ममा ३ सय ५० मत गणना भईसकेको छ ।

सो, अनुसार महानगरको प्रमुख पदमा काँग्रेसका भीम पराजुलीले १५२, नेकपा एमालेका विनोद ढकालले ९७, सङ्घीय समाजवादी फोरमका उमेश यादवले ८ र राप्रपाका प्रह्लाद साहले ६ मत प्राप्त गरेका छन् ।

सोहीअनुरुप उपप्रमुख पदमा नेकाका इन्दिरा कार्कीले ११५, नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले ५७, नेकपा (माओवादी केन्द्र)की नमिता न्यौपानेले ४७ मत प्राप्त गरेका छन् । रासस


पुष्प दुलाल