माँ दुर्गा फुड्स उत्पादन सर्वसुलभ



काठमाडौं । माँ दुर्गा फुड्स प्रालि (एमडीएफ) का आटा, मैदा, सूजी र दलिया सर्वसुलभ रुपमा नेपाली बजारमा उपलब्ध भएका छन् । कम्पनीले आफ्ना उत्पादन सुपरमार्केट भाटभटेनी तथा बिगमार्टमा उपलब्ध गराएको छ ।

आधुनिकन नयाँ प्याकेजिङमा आएका खाद्य उत्पादनहरु आटा (५ केजी), मैदा(२ केजी), सुजी (१ केजी) र दलिया (१ केजी) सर्वत्र रुपमा बजारमा उपलब्ध छन् ।

गहुँको शुद्ध दानालाई अत्याधुनिक स्वीस प्रविधियुक्त फुल अटोमेटेड प्लान्टबाट उत्पादन एवं प्रशोध गरिने भएकाले उत्पादनहरु गुणस्तरीय र स्वस्थकर रहेको कम्पनीको दाबी छ ।

 


पुष्प दुलाल