इटालियन सन-मार्को पेन्ट नेपाली बजारमा



काठमाडौं । बिजेता इन्टरनेसनल पेन्टिंग एण्ड डेकोरेटिभ कम्पनीले इटालियन सन–मार्को पेन्ट नेपाली बजारमा भित्र्याएको छ ।

कम्पनीले आजबाट सन–मार्को पेन्ट नेपाली बजारमा ल्याएको हो ।कम्पनीले ३९ प्रकारको ट्रेडिङ बजारमा ल्याएको जानकारी दिएको छ ।

कम्पनीका म्यानेजिङ डाइरेक्टर मिलन बस्नेतका अनुसार नेपाली ग्रहकलाई विश्वस्तरिय पेन्टीङको अनुभुति दिनका लागि युरोपमा चर्चित पेन्ट नेपाली बजारमा भित्र्याइएको बताए ।

कम्पनीको पेन्ट लिटर, ग्यालिन र ड्रममा उपलब्ध छन् ।


पुष्प दुलाल