देउवाको गाउँमा कांग्रेसका आधिकारिक भन्दा बागी उम्मेद्वारको मत धेरै, माओवादीलाई फाइदा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डढेलधुराको अजयमेरी गाउँपालिका प्रमुखमा कांग्रेसका आधिकारिक उम्मेद्वार भन्दा बागी उम्मेद्वारले बढी मत ल्याएका छन् ।

कांग्रेसबाट बागी उम्मेद्वार उठ्दा त्यसको फाइदा माओवादीले उठाएको छ ।

अहिलेसम्मको सार्वजानिक भएको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसका आधिकािरक उम्मेदवार कमलसिंह भाटले १२४ र बागी उम्मेवार लोकराज भट्टले १४४ मत ल्याएका छन्।

उपाध्यक्षमा पनि आधिकारिक उम्मेदवार कमला बिष्टले भन्दा बागी उम्मेदवार किशोर बिष्टले बढी मत ल्याएका छन्।

कांग्रेसको कलहको फाइदा माओवादीले उठाएको छ । माओवादीका अध्यक्ष उम्मेदवार उमेशप्रसाद भट्ट २४८ मत ल्याएर अगाडि छन् ।
दोस्रो स्थानमा एमालेका एम्मेद्वार छन् । एमालेका धनबहादुर साउदले १९५ मत ल्याएका छन्।


पुष्प दुलाल