५३ स्थानीय तहको मतगणना जारी, सबै प्रदेशमा कांग्रेस अगाडि



काठमाडौं । बुधबार भएको स्थानीय निकायको निर्वाचनको मतगणना सुरु भएको छ ।अहिलेसम्म ५३ स्थानीय तहको मतगणनाको प्रारम्भिक परिणामसमेत आएको छ ।

समाचार तयार पार्दासम्म प्रारम्भिक परिणाममा नेपाली काँग्रेसको अग्रता देखिएको छ । उसले प्रदेश नम्बर १ मा ८ स्थानमा अग्रता लिएको छ भने नेकपा एमालेले ७ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्र ३ स्थानमा अगाडी रहेको छ ।

प्रदेश नम्बर ५मा ७ स्थानमा काँग्रेस अगाडी रहेको छ भने ६ स्थानमा एमाले अगाडी रहेको छ । यहाँ ५ स्थानमा माओवादी केन्द्रले अग्रता लिएको छ ।

प्रदेश नम्बर ७ मा पनि नेपाली काँग्रेस नै अगाडी रहेको छ । उसले त्यहाँ ८ स्थानमा अग्रता लिएको छ । एमाले ६ स्थानमा अग्रता लिँर्दै पछ्याइ रहेको छ । माओवादी केन्द्रले १ स्थानमा अग्रता लिएको छ ।

प्रदेश नं. ५ मा फोरम लोकतान्त्रीक २ स्थानमा अगाडी रहेको छ भने, राप्रपाले १ स्थानमा अग्रता लिएको छ ।


पुष्प दुलाल