सुजुकीको मनसुन म्याजिक अफर




काठमाडौं । भिजी अटोमोबाइल्स, नेपालको लागि सुजुकी टु ह्वीलर्सको अधिकृत वितरकले सिमित अवधिका लागि ‘सुजुकीमनसुनम्याजिक’ अफर ल्याएको छ । अफर अन्तर्गत देशभर रहेका सुजुकी टु ह्वीलरका शो रुमहरुबाट कुनै पनि मोडलको सुजुकी टु ह्वीलर्स खरीद गर्ने ग्राहकले बाइकको सम्पूर्ण बीमा सुविधा एक साथ प्राप्त गर्नेछन् । यसका साथै ५ वर्षको वारेन्टी एवं २ वर्षको सडक कर भुक्तानी सुविधा पनि ग्राहकहरुलाई प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै, टु ह्वीलरको खरीदमा ग्यारेन्टी सहितको नगद छुटको व्यवस्था गरिएको छ ।
‘हामी सदैव ग्राहकहरुकोे चाहनालाई कदर गर्दछौं र उचित स्वरुप समय समयमा यस्तै प्रकारका आकर्षक योजनाहरु पेश गर्ने छौं, टु ह्वीलरको सवारबाट ग्राहकहरु अत्याधिक लाभान्वीत हुँदै छन,’ भिजि अटो मोबाइल्सका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भने ।

 


पुष्प दुलाल