शिबम् सिमेन्टको अफरः २० बोरा किन्दा १ बोरा सित्तैमा



काठमाडौं । शिबम् सिमेन्टले ग्राहक लक्षित आकर्षक योजना अघि सारेको छ । उक्त योजनाअनुसार २० बोरा सिमेन्ट किन्ने ग्राहकले १ बोरा सिमेन्ट सित्तैमा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले लामो समयदेखि ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । शिबम् सिमेन्टले गत गत दशैं, तिहार र छठ पर्वको अवसरमा पनि ‘चाँदी नै चाँदी’ नामक आकर्षक योजना ल्याएको थियो ।

सो योजनामा ४० बोरा सिमेन्ट किन्दा लक्ष्मी-गणेश अंकित १० ग्रामको चाँदीको सिक्का उपहार दिएको जारी विञप्तीमा उल्लेख छ ।


पुष्प दुलाल