सोलुखुम्बुको नेचासल्यानः जहाँ २४ सय मतदाता थिए तर एक जनाले पनि भोट हालेनन्



काठमाडौं । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका वडा नं ६ मा कुनैपनि मतदाताले मतदान गरेका छैनन् ।

मतदान अवधि सकिदासम्म एक जना पनि मतदान गर्नको लागि मतदान केन्द्रमा आएको नेचासल्यान गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए ।

कूल ५ वटा मतदान केन्द्र र २४ सय भन्दा बढी मतदाता रहेको सो गाउँपालिकाको वडा नं ६ मा कसैले पनि उम्मेदवारी दिएका छैनन् । यद्यपि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने उम्मेदवारी परेको छ ।

सिमांकनको विषयमा कुरा नमिलेपछि झण्डै ७ महिनादेखि आन्दोलनमा रहेको सो वडामा सबै दलले सहमति गरेर नै निर्वाचनमा सहभागी नहुने निर्णय गरेका थिए । यसरी कोही पनि मतदाता मतदान गर्न नआएपछि ५ वटा मतदानकेन्द्र रहेको सो वडाका एक मतपनि सक्न सकेन ।


पुष्प दुलाल