प्रधानमन्त्रीको सुरक्षार्थ खटिएको प्रहरीको जिप दुर्घटना, ९ प्रहरी घाइते



धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा ९भीमदत्त० राजमार्ग अन्तर्गत पर्ने कैलालीको फल्टुडेमा आज दुर्घटनामा परेको छ ।

से १ ज १५०३ नं को सो जिप सडकमै पल्टिँदा नौ प्रहरी घाइते भएकामा दुई जनाको अवस्था केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वीरबहादुर बुुढा मगरले बताए।

प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरामा मतदान गरी धनगढीतर्फ आउन लागेको बताइएको छ । रासस


पुष्प दुलाल