कांग्रेस र एमालेको झडपपछि मतदान स्थगित



बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर–३ मा कांग्रेस र एमाले कार्यकर्ताबीच झडपपछि मतदान स्थगित गरिएको छ ।

मतदान भइरहेका बेला एमालेका कार्यकर्ताको कुटाइबाट २ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

आज बिहानदेखि दोस्रो चरणको स्थानीय तहको निर्वाचन भइरहेको छ । केही स्थानमा सामान्य झडप भएपनि अधिकांस स्थानमा निर्वाचन शान्तिपूर्ण तरिकाले भइरहेको निर्वाचन आयोगले जनाएको छ ।


पुष्प दुलाल