ईपीएसको नतिजा साउन ११ गते, छुटेकाको पुन परीक्षा हुने



काठमाडौं । कोरियन भाषाको परीक्षा (इपीएस)को नतिजा साउन ११ गते आउने भएको छ । यस अघि ईपीएसको नतिजा असार २१ गते आउने बताइएको थियो ।

यसै, गत जेष्ठ २७ र २८ गते सञ्चालन भएको आठौं ईपीएस परीक्षामा एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट, खमलटार (२६ नम्बर केन्द्र) परीक्षा केन्द्रबाट परीक्षा दिन छुट भएकाको पुन परीक्षा हुने भएको छ ।

इपीएसका अनुसार उक्त परीक्षा केन्द्रबाट ७ सय १० जनाको परीक्षा छुट भएको छ । परीक्षा छुट भएकाको पुन परीक्षा कम्प्युटरमा आधारित परीक्षा प्रकृयाबाट असार २१ देखि २९ सम्म संचालन हुनेछ । परीक्षार्थीले एचआरडी कोरिया, इपीएस सेन्टर, ग्वार्को, ललितपुरमा गएर परीक्षा दिन सक्नेछन् ।


पुष्प दुलाल