पेट्रोल अभाव छैन- आयल निगम, पम्प व्यवसायीको धम्कीले उपभोक्तको लाइन




काठमाडौं । उपत्यकाका अधिकांस पेट्रोल पम्पमा इन्धन लिन उपभोक्ताको लाइन लाग्न थालेपछि नेपाल आयल निगमले इन्धन अभाव नहुने स्पष्ट पारेको छ । तर, २० गतेबाट आन्दोलन गर्ने पेट्रोल पम्पवालाहरुको धम्कीले उपभोक्ताको लामो लाइन लाग्न थालेको छ ।

निगमले सोमबार सार्वजनिक बिदा भएर नेपाल आयल निगमले इन्धन वितरण नगरेकाले बजारमा समान्य अभाव देखिएको जनाएको छ । बजारमा इन्धन अभाव हुन सक्ने आशंकामा मंगलबार पम्पमा लामो लाइन लागेको थियो ।

चार दिनको अवधिमा दुई दिन मात्र निगमले इन्धन वितरण गरेकोले समान्य समस्या देखिएको निगमले जनाएको छ । निगमले दोव्वर परिणाममा इन्धन वितरण गरेको अभाव नहुने जनाएको छ ।

यसैबीच बागमती पेट्रोलियम डिलर्स एसोसिएसनले आगामी २० गतेदेखि बाग्मती अञ्चल भरी पेट्रोल वितरण नगर्ने घोषणा गरेपछि पनि उपभोक्तामा त्रास उत्पन्न भएको छ । यता निगमले भने व्यवसायीसंग छलफल भइरहेकोले समस्या समाधान गर्ने जनाएको छ ।


क्लिकमान्डु