भरतपुरमा च्यातिएको मतपत्र सर्बोच्च अदालतमा




काठमाडौं । भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा च्यातिएका मतपत्र र पुनः मतदान गराउने निर्वाचन आयोगको सक्कल निर्णय आज सर्बोच्च अदालतमा पेश हुँदैछ ।

गत जेठ १४ गते भरतपुरको मतगणनाका क्रममा च्यातिएका ९० मतपत्र र पुनः मतदान गराउने निर्वाचन आयोगको सक्कल निर्णय आज सर्बोच्च अदालतमा पेश गरिन लागिएको हो ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्यातेका थिए ।

मतपत्र च्यात्नमा संलग्न रहेको आरोपमा प्रहरीले माओवादीका कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानेमाथि चलेको मुद्दाको सक्कल मिसिल समेट सर्बोच्च अदालत पठाएको छ ।

कामु प्रधान न्याधीश गोपालप्रसाद पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले ती कागजपत्र पेश गर्न एक साताको समय दिएका थिए । अदालतले दिएको समयको आज अन्तिम दिन हो ।

सर्वोच्चले भरतपुर महानगरपालिका वडा नम्बर १९ को च्यातिएको मतपत्र र मतदान गराउने निर्वाचन आयोगको सक्कलप्रति हरेर निष्कर्षमा पुग्नेछ ।

 


पुष्प दुलाल