होन्डाको सस्तो स्कुटर ‘क्लिक’, मुल्य कति?



भारत । होन्डाले नयाँ र सस्तो स्कुटर क्लिकलाई भारतीय बजारमा सार्वजनिक गरेको छ । ग्रामीण इलाकामा कम बजेट भएका ग्राहकलाई अटोमेटिक स्कुटर उपलब्ध गराउने लक्ष्यका साथ होन्डाले स्कुटर उत्पादन गरेको जनाएको छ । दिल्लीको एक्स सोरुममा यसको ६७ हजार ९ सय ९८ रुपैयाँमा बिक्री मुल्य राखिएको छ । स्कुटर ४ रंगमा उपलब्ध छ ।

नयाँ स्कुटर दैनिक प्रयोजनका लागि उपयोगी हुने कम्पनीको दावी छ । स्कुटरमा चार्जिङ सकेट, लेग रुम, अन्डर सिट स्टोरेज र धेरै वजन बोक्न सक्ने क्षमता छ । क्लिक महिला र पुरुष दुबैलाई लक्षित गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ । यसमा १४ लिटरको अन्डरसिट स्टोरेज छ । क्लिक होन्डाको टापुकारा प्लान्टमा बनेको हो ।

होन्डा क्लिकमा १ सय १० सिसीको इन्जिन छ, जसले ८ बीएचपीको पावर र ८.९४ एनएमको टर्क प्रदान गर्छ । स्कुटरले अझै बढी माइलेज र पर्फमेन्स दिने दावी कम्पनीको छ । अझै राम्रो ब्रेकिङका लागि यसमा कम्बो ब्रेकिङ सिष्टम राखिएको छ । स्कुटरले ६० किलोमिटरको माइलेज दिने कम्पनीको दाबी रहेको छ । एजेन्सीको सहयोगमा


पुष्प दुलाल