कतार एयरवेज अमेरिकी एयरलाइन्सको १० प्रतिशत हिस्सा चाहान्छ



काठमाडौं । पछिल्लो समय अरब मुलुकमा एयरलाइन्स विजनेशको प्रतिस्प्रर्धा चर्को छ । त्यसमध्ये कतार एयरवेज सबैभन्दा बलियो एयरलाइन्सको रुपमा आएको छ । जसको प्रभाव खाडी तथा एसियामा मात्र नभएर अमेरिकामा समेत बढदै गएको छ । जसका कारण अमेरिकी एयरलाइन्सको टाउको दुखाई भएको छ । कतार एयरवेज आफ्नो प्रभाव यति बढाउन चाहान्छ कि विश्वकै ठुलो प्रभाव रहेको अमेरिकी एयरलाइन्समा आफ्नो हिस्सा १० प्रतिशत पु¥याउने योजना सहित अगाडी बढीरहेको छ ।

कतार एयरवेजले सन् २०१६ मा ५ सय ४० मिलियन अमेरिकी डलर नाफा गरेको थियो । केही सातादेखि साउदी अरबसहित आधा दर्जन मुलुकले कतारसंग कुटनैतिक सम्बन्ध तोडेको घोषणा गर्दै नाकाबन्दी जारी राखेका छन । कतारले आंतकाकारी गतिविधि संचालन गर्दै आएको इस्लामिक स्टेट लगायत संस्थाहरुलाई सहयोग गरेको आरोप लगाइएको छ । उक्त नाकाबन्दी लगाउनु केही साता अगाडी मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरब मुलुकको भ्रमणमा आएका थिए । सोही समयमा ट्रम्पले कतार एयरवेजको रणनीति सुक्ष्मरुपले बुझेका थिए ।

अमेरिकी नीति के छ भने एयरलाइन्स क्षेत्रमा २५ प्रतिशतसम्म विदेशी लगानी गर्न पाउने छुट छ । तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओमाबाले एयरलाइन्स क्षेत्रमा विदेशी लगानीलाई छुट दिने प्रयास गरेको भएता पनि ट्रम्मको उदयसंगै अंकुश लगाउन खोजिएको छ ।

 


पुष्प दुलाल