चिनियाँ होङ्सी सिमेन्टसहित ११ कम्पनीले देखाए खानी उत्खनन गर्ने इच्छा



काठमाडौं । नेपालको खनिजजन्य पर्दाथ उत्खनन तथा खोज तलासका लागि ३ विदेशीसहित ११ कम्पनी इच्छा व्यक्त गरेका छन् । विदेशी कम्पनीहरुमा २ चिनियाँ र एक नाइजेरियन कम्पनीले इच्छा देखाएका हुन् ।

चिनियाँ कम्पनीमा होङ्सी सिमेन्ट, दाङसंङ र नाइजेरियनको दाङवटे कम्पनीले नेपालका खानी उत्खनन तथा खोज तलासका लागि इच्छा व्यक्त गरेका छन् ।

गत चैत १ गते विभागले खनिजजन्य पर्दाथ उत्खन तथा खोज तलासमा इच्छुक स्वदेशी तथा विदेशी कम्पनीलाई डाटा प्याक (खानी उत्खनन्का लागि आवश्यक प्रक्रिया ढाँचा) बिक्री खुल्ला गरेको थियो ।

विभागले त्यसका लागि १५ वटा खानी छुट्टयाएको थियो । जसमा १२ वटा खोज तलास र ३ वटा उत्खननका लागि छिट्टयाइएको थियो । खोज तलास डाटा प्याक १५ हजार रुपैयाँ र उत्खनन डाटा प्याक २५ हजार रुपैयाँमा बिक्री गरेको थियो ।

खोज तलासका लागि छुट्टयाएको १२ वटा खानीमध्येमा ९ वटा खानी खोज तलासका लागि स्वदेशी तथा विदेशी कम्पनीबाट प्रस्ताव आएको विभागका सिनियर डिभिजनल मेटालोजिस्ट दिलिपकुमार झाले जानकारी दिए ।

यस्तै, उत्खनका लागि छुट्टयाएको ३ खानीमध्ये २ खानी उत्खनका लागि कम्पनीहरुको प्रस्ताव आएको पनि उनले जानकारी दिए ।

‘डाटा प्याक खरिद गर्ने कम्पनीबाट ११ खानीका लागि प्रस्ताव आएको छ, एउटै खानीका लागि एकभन्दा धेरै प्रस्ताव पेश भएकाले कम्पनीहरुको आन्तरिक मुल्यांकनमा विभाग लागेको छ,’ झाले क्लिमाण्डूसँग भने ।

विभागले कम्पनीहरुको आन्तरिक मुल्यांकन (आर्थिक, प्राविधिक क्षमता) को आधारमा खानी उत्खनन तथा खोज तलासका लागि प्रस्ताव माग गर्नेछ झाले जानकारी दिए ।

खोज तलासका लागि विभागले डाटा प्याक निस्कासन गरेको खानीको विवरण

जिल्ला खनिज क्षेत्रफल (वर्ग किलोमिटर)
धादिङ/मकवानपुर लिड, जिन २२.३११
धादिङ/मकवानपुर लाइमस्टोन २४.२४४
धादिङ/मकवानपुर लाइमस्टोन २०.९३५
मकवानुर कप्पर ८
तनहुँ आइरन २६.१९
धादिङ कप्पर १२
मकवानपुर कप्पर १२
उदयपुर कप्पर २४
बैतडी लइमस्टोन १५
उदयपुर लाइमस्टोन ०.९३७५
पाल्पा लाइमस्टोन १५
पाल्पा लाइमस्टोन १५

 

उत्खननका लागि विभागले डाटा प्याक निस्कासन गरेको खानीको विवरण

जिल्ला खनिज क्षेत्रफल (बर्ग किलोमिटर)
काभ्रे लाइमस्टोन १.३७५
स्याङजा लाइमस्टोन १०.०२८८
सुर्खेत लाइमस्टोन १.९६६

 


पुष्प दुलाल