३ जिल्लाका ४९१ परिवारलाई ट्याक्सी वितरण




काठमाडौं । सरकारले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये ३ जिल्लाका भूकम्प पीडित परिवारलाई ट्याक्सी नम्बर वितरण गरेको छ ।

बुधबार यातायात व्यवस्था विभागले गोलाप्रथाद्वार रसुवा, काभ्रेपालान्चोक र नुवाकोटका भूकम्पपीडित परिवालाई ४ सय ९१ वटा ट्याक्सी नम्बर प्लेट वितरण गरेको हो ।

जसअनुसार रसुवामा १ सय ६५, काभ्रेपालान्चोकमा २ सय १ र नुवाकोटमा १ सय २५ वटा ट्याक्सी नम्बर प्लेट वितरण गरिएको छ । ट्याक्सी नम्बर प्लेटका लागि ३ जिल्लाबाट ४८ हजार ९ सय ६५ परिवारले आवेदन दिएका थिए । जसमध्ये, ४ सय ९१ परिवारलाई ट्याक्सी नम्बर प्लेट वितरण गरिएको हो ।

आज बिहिबार सिन्धुपाल्चोक, दोलखा र सिन्धुलीका ५ सय १३ परिवारलाई ट्याक्सी नम्बर प्लेट वितरण गर्नेछ । ३ जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ५१ हजार ३ सय १२ परिवारले आवेदन दिएका छन् ।

असार ९ गते शुक्रबार काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, ओखलढुगा, धादिङ, मकवानपुरका ४ सय ९र्६ भूकम्प पीडित परिवारलाई ट्याक्सी नम्बर प्लेट वितरण गरिनेछ । ८ जिल्लाका ४९ हजार ३ सय ११ जनाले ट्याक्सी नम्बर प्लेटका लागि आवेदन दिएका छन् ।

भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका जनतासँग गत साउन ५ गतेदेखि भदौ ५ गतेसम्म आवेदन माग गरिएको थियो । एक लाख ४९ हजार ५ सय ८८ परिवारले ट्याक्सी नम्बर प्लेटका लागि आवेदन दिएका थिए । जसमध्ये एक हजार ५ सयलाई ट्याक्सी नम्बर प्लेट वितरण गर्न लागिएको हो ।


पुष्प दुलाल