बिजीमलमा सुरु भयो सामसुङ ग्यालेक्सी मोवाइल एक्स्पो, प्रत्येक दिन उपहार



काठमाडौं । राजधानीको गोगंबुस्थित बिजी मलमा मोबाइल एक्स्पो सुरु भएको छ । ‘सामसुङ ग्यालेक्सी मोबाइल एक्स्पो’ मोबाइल मेला १० दिनसम्म चल्ने छ । एक्स्पो अवधि भर ग्राहकहरुले बिजीमलका सबै फेन्सी पसलहरुमा २५ प्रतिशत छुट पाउने छन् ।

बिजी मलका अध्यक्ष बासु गिरीले देशभरीका उपभोक्तालाई एकै स्थानबाट धेरै भन्दा धेरै ब्राण्डका मोबाइलका साथै उपभोग्य सामग्री सहज रुपमा सुपथ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । मोबाइल एक्सपो पनि यसैको एउटा पाटो भएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरतादिने उनको भनाई थियो ।

असार ७ग तेबाट सुरु भएको ग्यालेक्सी मोबाइल एक्स्पो असार १७ गतेसम्म चल्नेछ । उक्त अवधि भर प्रत्येका दिन मलमा आउने ग्राहकले लक्की ड्र मार्फत एउटा स्मार्टफोन र पाँच जनाले सेल्फी स्टीक पाउने एक्सपोका संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए ।

एक्सपोमा सांगितिक प्रस्तुतीका साथै विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजना हुनेछन् । १० हजार रुपैंया भन्दा बढी मूल्यको मोबाइल खरिदमा ग्राहकले अनिवार्य रुपमा आकर्षक उपहार पाउनेछन् भने एक्स्पो अवधिभर मोबाइल खरिद गर्ने मध्ये दुई जनालाई नगद फिर्ता गरिने मलले जनाएको छ ।

एक हजार रुपैंया देखि ९९ हजार रुपैंयासम्मका मोबाइल सेट उपलब्ध गराउने मलले जनाएको छ । यसका साथै एक्स्पो अवधिभर प्रत्येक दिन दुई जनालाई बिएसआर मुभिजको टिकट तथा बेसिल क्याफेका तर्फबाट लञ्च कुपन निशुल्क उपलब्ध गराइनेछ ।


पुष्प दुलाल