एनआइसी एसिया बैंकमा जागिर खुल्यो
काठमाडौं । एनआइसी एसिया बैंकले रोजगारीका लागि आवेदन माग गरेको छ । बैंकले म्यानेजरदेखि गोल्ड टेष्टरसम्मका लागि आवेदन माग गरेको हो ।
बैंकले हेड ह्युमन रिसर्ज डिपार्टमेन्टका लागि १ जना म्यानेजर माग गरेको छ । ह्युमन रिसर्जमा स्नातकोत्तर उत्र्तीण र बैंकको ह्युमन रिसर्ज डिपार्टमेन्टमा ५ बर्षको अनुभव भएकाले आवेदन दिन सक्ने जनाएको छ ।
बैंकले केहि संख्यामा रिक्स म्यानेजमेन्ट डिपार्टमा डिपुटी म्यानेजर माग गरेको छ । स्नातक उत्र्तीण तथा चार्टर्ड अकाउन्टेन्ट र कम्तिमा २ वर्षको रिक्स म्यानेजमेन्ट/अडिट/ट्रेजरी/अपरेसन मा काम गरेकाले आवेदन दिन सक्नेछन् ।
बैंकले डिपोजिट एण्ड ट्रान्जेक्सनमा केहि संख्यामा डिपुटी म्यानेजर माग गरेको छ । स्नातक उत्र्तीण तथा ५ वर्ष बैंकिङ अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।
साथै, लर्निङ एण्ड डेभलपमेन्टका लागि पनि केहि संख्यामा असिस्टेन्ट म्यानेटर माग गरिएको छ । स्नातक उत्र्तीण तथा ५ वर्ष बैंकिङ अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।
बैंकले चार्टर्ड एकाउन्टेन्टका लागि केहि संख्यामा जुनिएर अफिसर र सिनियर अफिसर माग गरेको छ । सिए उत्र्तीणले आवेदन दिन सक्नेछन् ।
बैंकले काठमाडौं उपत्यका भित्र तथा बाहिरका लागि केहि संख्यामा ब्रान्च म्यानेजरका लागि सिनियर अफिसर, असिस्टेन्ट म्यानेटर र डिपुटी म्यानेजर माग गरेको छ । स्नातक उत्र्तीण र क्रेडिट तथा रिलेसनसिप म्यानेटमेन्टमा एक वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।
बैंकले बिजनेस इन्टिलिजेन्स डिजिटल बैंकिङका लागि केहि संख्यमा जुनियर अफिसर, अफिसर, सिनियर अफिसर माग गरेको छ । कम्प्युटर सम्बन्धी बिषयमा स्नातक उत्र्तीण र सम्बन्धीत बिषयमा ५ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।
साथै, नेट डेभलपरका लागि केहि संख्यामा जुनियर अफिसर, अफिसर, सिनियर अफिसर माग गरिएको छ । कम्प्युटर सम्बन्धी बिषयमा स्नातक उत्र्तीण र सम्बन्धीत बिषयमा ५ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।
बैंकले सिस्टम एडमिस्ट्रेटर केहि संख्यामा जुनियर अफिसर, अफिसर, सिनियर अफिसर माग गरेको छ । कम्प्युटर सम्बन्धी बिषयमा स्नातक उत्र्तीण र सम्बन्धीत बिषयमा ५ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।
बैंकले डाटावेस एडमिस्ट्रेटर केहि संख्यामा जुनियर अफिसर, अफिसर, सिनियर अफिसर माग गरेको छ । कम्प्युटर सम्बन्धी बिषयमा स्नातक उत्र्तीण र सम्बन्धीत बिषयमा ५ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।
बैंकले तुल्सीपुर, बट्टार, कुश्मा, बागलुङ, बुटवल र अन्य स्थानका लागि केहि संख्यामा गोल्ड टेस्टर माग गरेको छ । एसएल्सी उत्र्तीण तथा गोल्ड टेष्टरमा २ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।
आवेदकले असार २२ गतेभित्रमा बैंकको वेवसाइट www.nicaslabank.com/current-vacancies बाट आवेदन दिन सक्नेछन् ।