भुटानसँग नेपालले हवाइजहाज भाडामा लिने



काठमाडौं । भुटान एयरलाइन्सले नेपाल वायु सेवा निगमलाई जहाज भाडामा दिने प्रस्ताब गरेको छ । निगमले जहाज भाडामा चलाउनका लागि आह्वान गरेको टेन्डरमा भुटान एयरलाइन्सले सस्तो मूल्यमै जहाज भाडामा दिने प्रस्ताब गरेको हो ।

निगमले सार्वजानिक गरेको ग्लोबल टेन्डरमा भुटान एयरलाइन्स र युक्रेनको स्टार एभिएसन कम्पनीले प्रस्ताव गरेका थिए।

भुटानले सस्तो मूल्यमा जहाज भाडामा दिने प्रस्ताब गरेपछि निगमले भाडामा लिनका लागि सम्झौताको सम्झौता गर्न भन्दै भुटान एयरलाइन्सलाई आसयपत्र पठाएको छ ।

‘हामीले औपचारिक सम्झौताका लागि भुटान एयरलाई आसयपत्र पठाएका छौं,’ निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंशाकारले क्लिकमाण्डूसँग भने ।

निगमले ए २१९, ए २२० र ए २२१ सिरिजको जुनसुकै रंगको एयरबस विमान जुलाई २१ सम्म त्रिभुवन अन्तर्रांष्ट्रिय विमानस्थलसम्म ल्याइदिनुपर्ने शर्त राखेको छ।

निगमसँग रहेको बोइङ ७५७ मर्मतका लागि अझै केही समय लाग्ने भएकोले सो समयमा उडान प्रभावित हुन नदिने जहाज भाडामा लिनु परेको कंसाकारको भनाई थियो ।


पुष्प दुलाल