भरतपुर वडा नं. १९ को फैसला आज




काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को फैसला आज हुने भएको छ ।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायधीस गोपाल पराजुली र न्यायधीस हरिकृष्ण कार्कीको बेञ्चले आज यो मुद्दाको फैसला गर्नेछ ।

मतगणना सुचारु गर्नुपर्ने मागसहित सर्वोच्च आदालतमा परेको रिट निवेदन परेको थियो । उक्त मुद्दाको सुनुवाई २ पटक सरेको थियो ।

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो ।


पुष्प दुलाल