स्प्राईटको अफर हरेक एक घण्टामा उपहार



काठमाडौं । कोकाकोला नेपालले गर्मी मौसमको सुरुवातसँगै हरेक एक घण्टा उपहार जित्ने अफर ल्याएको छ ।

शनिबारदेखि लागु भएको यो अफर साउन १४ सम्म जारी रहने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ग्राहकले हरेक घण्टामा सामसुङ जे टुलगायत अन्य थुप्रै आकर्षक उपहार जित्ने मौकाको अफर ल्याएको छ ।

५०० मिलि, १.५ लिटर र २.२५ लिटर स्प्राईटका साथै कोक(कोला र फ्यान्टाको खरिद गर्ने ग्राहक यस अफरमा सहभागी हुन सक्नेछन् ।

अफरमा सहभागीताका लागि एसपी (स्पेस) लेवल पछाडिको युनिक कोड टाईप गरि ३७७२२ मा एसएमएस गर्नुपर्ने हुन्छ ।

प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म लक्की ड्र गरि हरेक घण्टा १ बिजेता छानिने छ । ग्राहकहरुले पुरस्कार परेको युनिक कोड भएको लेवल प्रमाण र सत्यताको लागि अनिवार्य रुपमा आफुसँग राख्नुपर्ने हुन्छ ।

 


पुष्प दुलाल