रिलायन्स लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर



 

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले रोजगारीका लागि आवेदन माग गरेको छ । इन्स्योरेन्सले सिनियर म्यानेजरदेखि ट्रेनि असिस्टेन्टका लागि रोजगारीका लागि आवेदन माग गरेको हो ।

इन्स्योरेन्सले केहि संख्यमा सिनियर म्यानेजर, म्यानेजर , डिपुटी म्यानेजर र असिस्टेन्ट म्यानेजर माग गरेको छ । इन्स्योरेन्सका अनुसार स्तातकोत्तर उत्र्तीण तथा म्यानेजर तहमा ५ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

काठमाडौं उपत्यका भित्र र बाहिरका लागि केहि संख्यामा अफिसर पनि माग गरिएको छ । स्नातक उत्र्तीण र इन्स्योरेन्स तथा वित्तीय संस्थामा ३ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सले काठमाडौं उपत्यका भित्र र बाहिरका लागि केहि संख्यामा म्यानेजमेन्ट ट्रेनि माग गरेको छ । स्नातकोत्तर उत्र्तीण र ३० वर्ष उमेरसम्मकाले आवेदन दिन सक्नेछन् ।

साथै, काठमाडौं उपत्यका भित्र र बाहिरका लागि केहि संख्यामा ट्रेनि असिस्टेन्ट माग गरिएको छ । प्लस टु उत्र्तीण तथा २८ वर्ष उमेरसम्मकाले आवेदन दिन सक्नेछन् ।

आवेदकले असार १० गतेभित्रमा www.globaljob.com.np बाट आवेदन दिन सक्नेछन् ।


पुष्प दुलाल