नेपाल टेलिभिजनमा जागिर खुल्यो



काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिभिजनले रोजगारीका लागि आवेदन माग गरेको छ । टेलिभिजनले ११ पदका लागि आवेदन माग गरेको हो ।

टेलिभिजनले निर्मातादेखि सहायक प्राविधक (ट्रान्समिटर अपरेटर) पदसम्मको पदका लागि सार्वजनिक सुचना मार्फत आवेदन माग गरेको छ ।
टेलिभिजनले निर्माताका लागि आमसञ्चार विषयमा स्थानतक उर्तीण र कार्यक्रम उत्पादन÷निर्माण सम्बन्धी एक महिनाको तालिम लिएकाले आवेदन दिन सक्नेछन् । टेलिभिजनले एक जना निर्माता माग गरेको छ ।

वरिष्ठ सहायक ध्वनि नियन्त्रकका लागि टेलिभिजनले रेडियो एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियर माग गरेको छ । ध्वनि नियन्त्रक समावेशी महिलातर्फ एक जना माग गरेको छ ।

टेलिभिजनले वरिष्ठ सहायक दुश्य सम्पादकका लागि महिला र समावेशी आदिवासी जनजातितर्फ एक÷एक जना माग गरेको छ । कम्प्युटर साइन्स वा विज्ञान विषयमा प्रमाणपत्र उत्र्तीण वा सम्बन्धीत विषयमा एक महिनाको तालिम हासिल गरेकाले आवेदन दिन सक्नेछन् ।

एक जना वरिष्ठ सहायक प्रविधिकका लागि पनि आवेदन माग गरिएको छ । रेडियो एण्ड इलेक्ट्रोनिक्स वा इलेक्ट्रिकल इन्जिनियरका लागि आवेदन खुलाइएको हो ।

वरिष्ठ सहायक क्यामराम्यानका लागि एक पदका लागि आवेदन माग गरिएको छ । रेडियो एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा प्रमाणपत्र उत्र्तीणले आवेदन दिन सक्नेछन् ।

टेलिभिजनले वरिष्ठ सहायक लेखाका एक जना माग गरिएको छ । व्यवस्थापनमा प्रमाण वा प्लस टु उत्र्तीण र कम्प्युटरसम्बन्धी ३ महिना तालिम लिइएकाले आवेदन दिन सक्नेछन् ।

वरिष्ठ सहायक प्रशासनका लागि एक पदका लागि आवेदन माग गरिएको छ । प्रमाणपत्र उत्र्तीण तथा कम्प्युरटसम्बन्धी ३ महिनाको तालिम वा टेलिभिजन प्रसारण संस्थामा एक वर्षको काम गरेको अनुभव भएकाले अवेदन दिन सक्नेछन् ।

सहायक प्राविधिक (ट्रान्समिटर अपरेटर) पदका लागि लागि ३ जना माग गरेको छ । खल्लामा २ जना र समावेशी महिलाका लागि एक जनाका लागि आवेदन माग गरेको छ । एसएलसी उत्र्तीण र सम्बन्धीत विषयमा ३ महिनाको तालिम प्राप्त गरेकाले आवेदन दिन सक्नेछन् ।

दरखास्त फारम टेलिभिजनको वेभसाइट www.ntv.org.np बाट डाउनलोड गर्न सकिन्छ ।

टेलिभिजनले निर्माताका लागि परीक्षा दस्तुर एक हजार रुपैयाँ र सहायक प्राविधिका लागि

आवेदकले साउन ३ गतेसम्ममा आवश्यक कागजात सहित टेलिभिजनको पदपूर्ति समितिमा आवेदन दिन सक्नेछन् ।


पुष्प दुलाल