पेट्रोनासको नयाँ लुब्रिकेन्ट नेपाली बजारमा



काठमाडौं । मलेसियन लुब्रिकन्ट कम्पनी पेट्रोनासका उत्पादन नेपाली बजारमा बतास अर्गनाईजेसनको भातृ संस्था त्रिथुङ्गा ट्रेडिङ्ग कन्सर्नले पेट्रोनासको नयाँ  उत्पादन नेपाली बजारमा ल्याएको छ ।

त्रिथुङ्गाले पेट्रोनासको मोटरसाइकल/स्कुटरका लागि अल्ट्रा फ्लेक्स पेट्रोनास स्पिन्टा लुब्रिकेन्ट बिहिबार सार्वजनिक गरेको हो । नयाँ उत्पादन बजारमा यस अघि नै उपलब्ध पेट्रोनास स्पिन्टाको अपग्रेट भर्सन भएको कम्पनीले जनाएको छ ।

पेट्रोनास स्पिन्टाको अपग्रेट भर्सनले सवारी साधनको मर्मत खर्च कम गराउने र इन्जिनको आयु बढाउन मद्दत पुग्ने त्रिथुङगाको कन्ट्री म्यानेजर नगेन्द्र खनालले जानकारी दिए ।

‘अल्ट्रा फ्लेक्स प्रविधिले जतिसुकै बढी तापक्रममा पनि इन्जिन भित्र लुब्रिकेन्ट सहज प्रवेश गराई आफ्नो काम गर्न सफल हुन्छ । उच्च तापक्रम पुगेका बेला पनि यो प्रविधियुक्त पेट्रोनास स्प्रिन्टाकाले सहजै काम गरेर इन्जिनलाई स्मूथ राख्न मदत गर्छ,’ नगेन्द्र खनालले भने ।

कम्पनीले बस, ट्रक, पिकअप, ट्रिपर तथा हलुका व्यावसायी सवारी साधनका लागि भिस्कोगार्ड प्रविधि सहितको पेट्रोनास  स्प्रिन्टा पनि बजारमा भित्र्याएको छ ।

कम्पनीले विभिन्न सवारी साधनका लागि उपयुक्त हुने लुब्रिकेन्ट सुपथ मुल्यमा पूर्वदेखि पक्ष्चिम र हिमालदेखि तराईसम्म उपलब्ध छ ।


पुष्प दुलाल