शिखर शुजको क्रेजी सेल मेला असार ११ गतेसम्म




काठमाडौं । शिखर शुजको क्रेजी सेल मेला असार ११ गते सम्म संचालन हुने भएको छ । शिखर शुजले गत जेष्ठ १४ गतेदेखि क्रेजी सुज मेला कागमाडौंको भृकुटी मण्डपमा आयोजना गरेको थियो ।

शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले ग्राहकको मागलाई ध्यानमा राखि क्रेजी सेल मेलाको समय अवधि थप गरिएको जानकारी दिए ।

मेलामा एक सय रुपैयाँ मुल्यदेखि माथिका जुत्ता चप्पल उपलब्ध छन् । मेलामा विशेष गरी गर्मियामका लागि उपयक्त हुने जुत्ता तथा चप्पल उपलब्ध हुनेछ । मेलामा सबै उमेर समुहका महिला तथा पुरुषलाई उपयुक्त हुने जुत्ता तथा चप्पल उपलब्ध हुनेछन् ।


पुष्प दुलाल