माइक्रोम्याक्सको अनब्रेकेबल क्यानभास टु २०१७ बजारमा, मुल्य १५ हजार



 

काठमाडौं । माइक्रोम्याक्स ‘अनब्रेकेबल क्यानभास टु २०१७’ नेपाली बजारमा आएको छ । माइक्रोम्याक्सले क्यानभास टु २०१२ को सफलतासँग अनब्रेकेबल क्यानभास टु २०१७ बजारमा ल्याएको हो ।

क्यानभास टु २०१७ मा ५ इन्च एच्डी डिस्प्ले, ३ जिबी र्यामका साथै १६ जिबी रोम छ ।

फोटो खिच्नका लागि १३ मेगाफिक्सल र सेल्फीका लागि ५ मेगापिक्सलको क्यामरा छ । अनब्रेकेबले स्मार्टफोन दूर्घटनाबस स्क्रिन टुटफुट भएर्मा एक पटकको लागि एक वर्ष भित्रमा निशुल्क डिस्प्ले स्क्रीन रिप्लेस गर्ने अवसर पनि दिइने कम्पनीले जानाएको छ ।

कम्पनीले फोनको मुल्य १५ हजार ३ सय रुपैयाँ राखेको छ ।


पुष्प दुलाल