नेपाल आउने पर्यटकः चिनियाँ बढ्दै, भारतीय घट्दै



काठमाडौं । विगतका वर्षहरुमा सवैभन्दा धेरै पर्यटक आउने भनेर चिनिएको भारतको भन्दा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको दर बढ्दो क्रममा गएको छ ।

पछिल्ला वर्षहरुमा भारतीय पर्यटक आगमन दर घट्दै गएको छ भने चिनियाँ पर्यटक दर उल्लेख्य मात्रामा बढ्दै छ ।

सन् २००३ मा चीनबाट ७ हजार ५ सय ६२ पर्यटक नेपाल आउँदा भारतीयहरु ८६ हजार ३ सय ६३ पर्यटक आएका थिए । सन् २००३ को संख्या बढेर सन् २०१४ मा आइपुग्दा चिनियाँ पर्यटक १ लाख २३ हजार ८ सय ५ पुगेका थिए । जुन एक दशक पार गर्दा १६ गुणाले बढी हो ।

तर सन् २००३ मा पौने लाख भारतीय पर्यटक रहेकोमा सन् २०१४ सम्मा जम्मा १ लाख ३५ हजार ३ सय ४३ मात्र रहेका छन् ।

सन् २०१६ मा १ लाख १८ हजार २ सय ४९ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन ।

त्यस्तैगरी १ लाख ३ हजार ९ सय ८५ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन । जुन बृद्धिदर भारतीयको भन्दा चिनियाँ बढी देखिन्छ ।

सन् २०१५ मा चिनियाँ र भारतीय झन्डै बराबरी रुपमा भित्रिएको तथ्यांक रहेको थियो ।

सन् २०१५ मा चिनियाँ ७४ हजार ७ सय ७७ पर्यटक नेपाल आउँदा भारतीय ७४ हजार ८ सय ८४ मात्र भित्रिएका छन । जुन १ सय ७ पर्यटक मात्र बढी हो ।

बैशाखमा गएको भूकम्प र भारतीय नाकाबन्दीका कारण सन् २०१५ मा पर्यटक आगमनदर ३२ प्रतिशतले घटेको थियो । पछिल्ला वर्षहरुमा भरतीयको भन्दा चिनियाँ पर्यटकको बृद्धिदर बढ्दै गएको बताउँछन होटल एसोसिएसन नेपाल (हान) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवेश अर्याल ।

सन् २०१३ मा १ लाख ८० हजार ९ सय ७४ भारतीय पर्यटक नेपाल भित्रिएकोमा सन् २०१४ मा घटेर १ लाख ३५ हजार ३ सय ४३ मात्र भएको थियो ।

तर सन् २०१३ मा १ लाख १३ हजार १ सय ७३ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएकोमा बढेर सन् २०१४ मा १ लाख २३ हजार ८ सय ५ आएका थिए ।

नेपालबाट चीनको बेइजिङ सीधा उडान हुने हो भने चिनियाँ पर्यटक आगमनको संख्या सजिलै अहिलेको भन्दा दोब्बर हुने उनको दाबी छ ।

सरकारले सन् २०११ मा मनाएको नेपाल पर्यटन वर्षमा १ लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य सहित चीनमा प्रवद्र्धका कार्यक्रम सुरु गरेको र त्यसले निरन्तरता पाइरहेकोले पनि चिनियाँ पर्यटकको बृद्धि भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी बताउँछन् ।

‘हामीले चालु वर्षमा पनि दर्जन भन्दा बढी प्रवद्र्धनका कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेको छ,’ जोशीले क्लिकमाण्डूसँग भने ।

नेपाल सरकारको ध्यान भनेको छिमेकी मुलुकमै केन्द्रित भएकोले चीन र भारतनै पर्यटनको मुख्य बजार भएको उनको भनाई थियो । चिनियाँ नागरिक विश्वभर घुम्नेमा सबैभन्दा धेरै रहेकोले यसले नेपालले फाइदा लिन सकेमा नेपालको अर्थतन्त्रमा राम्रो प्रभाव पर्ने जोशीले बताए ।

नेपालबाट चीनको बेइजिङ सीधा उडान हुने हो भने चिनियाँ पर्यटक आगमनको संख्या सजिलै अहिलेको भन्दा दोब्बर हुने उनको दाबी छ ।

सरकारले सन् २०१८ सम्ममा २ लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । त्यसैले चिनियाँ पर्यटक भित्र्याउन अझै प्रवद्र्धनका कार्यक्रमहरु अघि बढाईने जोशीले बताए ।


पुष्प दुलाल