नबिल बैंकद्वारा बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाललाई सहयोग प्रदान



काठमाडौं । नबिल बैंकले एशोसिएशन अफ सेन्ट मेरिज एल्मुनाई नेपाललाई सहयोग गरेको छ ।

बैंकले एक लाख रुपैयाँ बराबरको खानेकुरा,स्टेशनरी सामान सहयोग गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यी सामाग्रीहरु २० जना बालबालिकाहरुलाई वितरण गर्नको लागि मिति २०७४ जेठ ३० गते बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाललाई हस्तान्तरण गरिएको हो ।

बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाल आगलागीबाट हुने हिंसा÷दुर्घटनाका उत्पीडित महिला तथा बालबालिकाहरुको सुरक्षाको क्षेत्रमा क्रियाशिल संस्था हो ।

नबिल बैंकका नायब महाप्रवन्धक श्री रमेश प्रसाद लोहनीले उक्त सामाग्रीहरु बन्र्स् भायोलेन्स्लाई हस्तान्तरण गर्दै यस्तो पवित्र सेवामा सहभागि हुन पाएकोमा सन्तुष्टी व्यक्त गरे ।


क्लिकमान्डु