१७ करोडमा पनि नबिकेको ५ अर्बको जहाज बेच्न फेरि टेन्डर




काठमाडौं । नेपाल वायुसेवा निगमले बिक्री गर्न लागेको बोईङ-७५७ एसीए सिरिजको कर्णाली जहाजको मुल्य घटाउने भएको छ । नयाँमा ५ अर्ब रुपैयाँ पर्ने जहाज १७ करोडमा पनि बिक्री नभएपछि निगमले मुल्य घटाएर तेस्रो पटक टेन्डर गर्न लागेको हो ।

पहिलो पटक आह्वान भएको टेन्डरमा कुनै पनि आवेदन नपरेपछि निगम व्यवस्थापनले दोस्रो पटक टेन्डर आह्वान गरेको थियो । दोस्रो पटकको अन्तिम समयसिमा जेठ २९ सोमबार सम्म तोकिएको थियो ।

‘दोस्रो पटकको समयसिमामा पनि कसैले निवेदन नदिएपछि अव पुन संचालक समितिमा छलफल गरेर अर्को निर्णय लिने तयारी गरेका छौ,’ निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले भने ।

निगमले १७ करोड रुपैयाँ न्युनतम मुल्य तोकेर ग्लोवल टेन्डर आव्हान गरेको थियो । जहाज खरिदको लागि जहाज उत्पादक कम्पनी बोईङलेनै चासो दिइरहेको समेत कंसाकारले बताए पनि टेन्डरमा भने आवेदन भने दिएन ।

कुनै पनि निवेदन नपरेपछि केही मुल्य घटाउनुपर्ने देखिएकोले संचालक समितिमा छलफल गरेर निर्णय लिने कंसाकारले जानकारी दिए ।

निगमको मुल्यांकन तथा प्राविधिक समितिले तोकेको न्युनतम मुल्य १७ करोड रुपैयाँ बाट नघट्नेगरी टेन्डर आह्वान गरिएको थियो ।

निगमले गरेको पहिलो टेन्डर जेठ १० गते सम्म अन्तिम समयसीमा तोकिएको थियो । उक्त समयमा एउटा पनि आवेदन नपरेपछि पुनः थप गरी जेठ २९ गते सम्म राखिएको थियो ।

टेन्डरमा एयरलाइन्स कम्पनी, जहाज उत्पादक कम्पनी समेतले सहभागिता जनाउन सक्ने निगमको अनुमान थियो । अन्तर्राष्ट्रिय उडान भरिरहेको जहाज मर्मत गर्न नसक्ने गरि थन्किएपछि निगम व्यवस्थापनले एक वर्षअघि विस्थापन गर्ने निर्णय गरेको थियो ।

सिंगापुरमा लामो समय थन्किएको जहाज गत मंसिरमा काठमाडौं ल्याइएको थियो । निगमले १७ करोड रुपैयाँ न्युनतम मुल्य तोकेर ग्लोवल टेन्डर आव्हान गरेको थियो । जहाज खरिदको लागि जहाज उत्पादक कम्पनी बोईङलेनै चासो दिइरहेको समेत कंसाकारले बताए पनि टेन्डरमा भने आवेदन भने दिएन ।

निगमले तोकेको मुल्य मा सवैभन्दा बढी मुल्यमा किन्ने कम्पनीलाई निगमले जहाज बिक्री गर्ने बताएको थियो । जहाजले तेल तथा अन्य मर्मत खर्च बढाएपछि विस्थापन गर्ने निर्णयमा निगम पुगेको थियो । उक्त सिरिजको जहाज अर्को थानले भने उडान भरिरहेको छ । अवको दुई वर्षमा अर्को पनि जहाज विस्थापन गर्ने निगमको तयारी छ ।

१९८७ मा निगमले अन्तराष्ट्रिय उडानका लागि दुई जहाज (बोइङ-७५७) खरिद गरेको थियो । त्यसको २७ वर्षपछि दुईवटा एयरबस–३२०–२०० सिरिजका जहाज खरिद गरेर हाल अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

निगमले दुई ठुुला वाईडवडी जहाजव खरिद प्रक्रिया अगाडी बढाइसकेको छ । वाईडबडी ३३०-२०० सिरिजका दुई ठुला जहाज खरिदपश्चात निगमले लामो रुटमा उडान गर्ने तयारी थालेको छ । निगमले उक्त दुई ठुला जहाज खरिदको लागि २४ अर्व रुपैयाँ ऋणको जोहो गरिसकेको छ ।


पुष्प दुलाल