हिमालयन पावरको २१ लाख ३० हजार कित्ता आइपिओ आजदेखि



हिमालयन पावर पार्टनर कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण सेयर(आइपिओ) जारी गर्दै छ ।

गैर आवासीय नेपाली(एनआरएन)ले प्रवद्र्धन गरेको कम्पनीले २१ करोड ३० लाख रुरुपैयाँ बराबरको २१ लाख ३० हजार ८ सय ३४ कित्ता आइपिओ जारी गर्न लागेको हो ।

कम्पनीमा न्यूनतम ५० देखि अधित्तम १० हजार कित्तासम्म आवेदन गर्न सकिन्छ । आजदेखि खुलेको आइपिओ असार ५ सम्म भर्न सकिन्छ ।

निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपिओ ग्लोबल क्यापिटल जमल,हिमालयन पावरको कार्यालय कार्यालय ग्लोबलका शाखा तथा आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाबाट भर्न सकिन्छ ।

आस्वा ७५ जिल्लामा उपलब्ध भएको हुँदा सेयर देशभरबाट भर्न सकिन्छ ।

हिमालयन पावर पार्टनर लिमिटेड २०६१ सालमा स्थापना गरिएको निजी क्षेत्रको कम्पनी हो । कम्पनीले लमजुङको दोर्दी करिडोरमा २७ मेगावाटको जलविद्युत्त आयोजना निर्माण गर्देछ ।


क्लिकमान्डु